दफा २७
ऐनको उल्लेख

(१) कुनै नेपाल ऐन र सो ऐन अथवा कुनै नियम अन्तर्गत वा सो सम्बन्धमा बनाइएको कुनै नियम, उपनियम, आलेख वा लिखतमा कुनै ऐनलाई नाम अथवा संक्षिप्त नाम दिइएकोछ भने, सो नामबाट वा त्यसको नम्बर र सालबाट उल्लेख गर्न सकिनेछ र कुनै ऐनमा लेखिएको कुरालाई सो कुरा रहेको ऐनको दफा वा  पदफाबाट उल्लेख गर्न सकिनेछ ।

(२) यो ऐन र कुनै नेपाल ऐनमा अर्को ऐनको केही भागको वर्णन वा उल्लेख गर्दा अर्कै अभिप्राय नदेखिएसम्म सो वर्णन वा उल्लेख गरिएको भागको शुरु र अन्त्यमा लेखिएको वा उल्लेख गरिएको शब्द, दफा वा अरू भाग सामेल रहेको सम्झिनेछ ।